Kathmandu Press

जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फर्कियो

उक्त पत्र लिएर आइतबार निर्मल निवास पुगेको महानगर प्रहरीको टोलीलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका हुन्। 
जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको नगर प्रहरी टोली गेटबाटै फर्कियो

काठमाडौं, चैत १७ : शुक्रबारको प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर निर्मल निवास पुगेको काठमाडौं महानगर प्रहरीको टोली गेटबाटै फर्किएको छ।

शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवाना तोकेको छ।

उक्त पत्र लिएर आइतबार निर्मल निवास पुगेको महानगर प्रहरीको टोलीलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका हुन्। 

निर्मल निवासबाट टोली फिर्ता भएपनि हुलाकमार्फत जरिवानाको पत्र पठाइएको महानगर नगर प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए। 
 
प्रकाशित मिति: १२:३७ बजे, आइतबार, चैत १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्