Kathmandu Press

सत्तासीन दल नेकपाको सचिवालय बैठक बस्दै, नेताहरू आन्तरिक छलफलमा

काठमाडौं, वैशाख २० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ। पार्टीभित्र देखिएको विवादमा सहमति खोज्न शनिबारका लागि सचिवालय बैठ....

सत्तासीन दल नेकपाको सचिवालय बैठक बस्दै, नेताहरू आन्तरिक छलफलमा

काठमाडौं, वैशाख २० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ। पार्टीभित्र देखिएको विवादमा सहमति खोज्न शनिबारका लागि सचिवालय बैठक बोलाइएको हो।

बुधबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए। प्रधानमन्त्री केपी ओलीले त्यसको बदलामा कोरोनापछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए।

सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबारको बैठक आज बस्ने गरि स्थगित भएको थियो । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ ।

खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको हो।

प्रकाशित मिति: ०८:४६ बजे, शनिबार, वैशाख २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्