Kathmandu Press

आर्थिक लेनदेनको अडियो बाहिरिएपछि सुदूरपश्चिमका वन मन्त्रीले दिए राजीनामा

दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरिएको बिषयमा अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा राजिनामा दिएका हुन्। 
आर्थिक लेनदेनको अडियो बाहिरिएपछि सुदूरपश्चिमका वन मन्त्रीले दिए राजीनामा

धनगढी, चैत १६ : आर्थिक लेनदेनको अडियो बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।

चौधरी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री बनेका थिए। शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन्। 

Hardik ivf

दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरिएको बिषयमा अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा राजिनामा दिएका हुन्। 

उनले उक्त अडियो भदौ महिनातिरको भएको स्विकार्दै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको बताएका छन्। 

भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा काठ व्यवसायी र पार्टीका व्यक्तिसँग छलफल गरे प्ीन् नियत गलत नभएको दाबी उनको छ । चौधरीले अडियोमा सुनिएजस्तो मुख्यमन्त्रीलाई मिलाउने कुरा आफूले नगरेको तर सोध्नुपर्ने कुरा राखेको बताए।
 
सार्वजनिक भएको अडियोमा दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गर्न २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएका छन् । आइतबार कार्यविधि पारित हुने भनिए पनि पारित भएको छैन। 

चौधरीले दोषी देखिए कारवाही भोग्न तयार रहेको पनि बताए। चौधरीले पत्रकार सम्मेलनमा नागरिक उन्मुक्ति पार्टीको आन्तरिक शक्ति संघर्ष र अन्य राजनीतिक दलको षड्यन्त्रको सिकार आफूलाई बनाइएको दाबीसमेत गरे। 

प्रकाशित मिति: १२:५५ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्