Kathmandu Press

‘ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भयो’

अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै उनले ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन नसकिने बताए। 
‘ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भयो’
फाइल तस्बिर।

काठमाडौं, चैत १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको बताएका छन्। 

शुक्रबार तोडफोड र आगजनी भएको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई कडा कदम चाल्न सुझाव दिँदै यो सबैको पछाडि  ज्ञानेन्द्र शाह नै रहेको बताए।

Hardik ivf

‘जे भएको छ प्रष्ट के भएको छ भने यसको पछाडि ज्ञानेन्द्र शाह नै हो। ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो,’ उनले भने, ‘अहिले पनि देखिएको छ, यही नै समय हो सरकारले कडा कदम चालोस्।’

अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै उनले ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन नसकिने बताए। 

अध्यक्ष दाहालले सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको पनि बताए। समाजवादीको कार्यालय आक्रमण भएको ४०–४५ मिनेटसम्म सुरक्षाकर्मी नदेखिनु विडम्बना भएको बताए।

‘राजधानीको मुटुमा यस्तो विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गरोस् । आउने दिनको लागि पूर्ण तयारीमा लागोस्,’ अध्यक्ष दाहालले भने। 

प्रकाशित मिति: १२:५० बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्