पत्रकारका‘हत्यारा’लाई कारबाहीको माग गर्दै पत्रकारहरु सडकमा
शनिबार बिहान माइतीघर मण्डलमा क्यामेरा सडकमा राखेर पत्रकारहरूले शुक्रबार तीनकुनेमा भएको घटनाको विरोध समेत गरेका छन् । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।
काठमाडौँ, चैत १६ : शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
शनिबार बिहान माइतीघर मण्डलमा क्यामेरा सडकमा राखेर पत्रकारहरूले शुक्रबार तीनकुनेमा भएको घटनाको विरोध समेत गरेका छन् । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।
यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।
शुक्रबार फोटो तथा भिडियो खिच्ने क्रममा एभीन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको आगजनीमा परी मृत्यु भएको थियो ।
प्रकाशित मिति: ०९:३९ बजे, शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार