Kathmandu Press

रवीन्द्र मिश्र र धवलशमशेर भद्रकाली प्रहरी परिसरमा, मुद्दा चलाउने तयारी

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित टोलीले मिश्र, जबरा, स्वागत नेपालसहित पाँच जनालाई काठमाडौंबाटै पक्राउ गरेको हो।
रवीन्द्र मिश्र र धवलशमशेर भद्रकाली प्रहरी परिसरमा, मुद्दा चलाउने तयारी

काठमाडौं, चैत १६ : काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादीहरुले हिंसात्मक प्रदर्शन ‍गरेको घटनापछि  राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित टोलीले मिश्र, जबरा, स्वागत नेपालसहित पाँच जनालाई काठमाडौंबाटै पक्राउ गरेको हो। उनीहरूलाई राति नै काठमाडौं प्रहरी परिसरको कार्यालयको जिम्मा लगाइएको छ । उनीहरूलाईं अहिले भद्रकालीस्थित परिसरको कार्यालयमा राखिएको छ। 

Hardik ivf

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मिश्र र जबरासहित पाँच जनालाई कुन कुन मुद्दा चलाउने भन्ने विषयमा छलफल भइरहेको छ।  

प्रहरी उच्च स्रोतका अनुसार तीनकुनेमा शुक्रबार भएको घटना राजनीतिक प्रकृतिको हिंसा भएकाले पक्राउ परेकाहरूलाई के-के मा मुद्दा चलाउन मिल्छ भनेर सरकारी वकिल र महान्यायाधीवक्ताको कार्यालयसँग पनि प्रहरीले समन्वय गरेर निर्णय गर्नेछ।

प्रहरीले उनीहरूलाई २५ दिनमसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ।

प्रकाशित मिति: ०९:१८ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्