Kathmandu Press

१५ घण्टापछि तीनकुने र आसपासको कर्फ्यु हट्यो 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ७ बजेबाट कर्फ्यु हटेको बताएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौंमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए । 
१५ घण्टापछि तीनकुने र आसपासको कर्फ्यु हट्यो 

काठमाडौं, चैत १६ : काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको छ । शुक्रबार दिउँसो ४ ः २५ देखि लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ७ बजेबाट कर्फ्यु हटेको बताएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौंमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए । 

Hardik ivf

अवस्था सामान्य रहेकाले कर्फ्यु थप्नुपर्ने अवस्था नरहेकाले हटाइएको उनले बताए । करिब १५ घण्टापछि तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको हो । 

राजावादीहरूको प्रदर्शन भएको क्षेत्रमा कर्फ्यु लगाइएको थियो । काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो । 

राजावादीहरूको प्रदर्शनमा नेपाल प्रहरीका ५३ प्रहरी, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारीतर्फ ३५ घाइते भएका थिए । दुईजनाको मृत्यु भएको थियो ।सरकारी र निजी गरी १५ वटा सवारीसाधनमा क्षति पुगेको थियो । १४ स्थानमा आगजनी, ९ स्थानमा तोडफोड र एक ठाउँमा लुटपाट भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ०८:५७ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्