Kathmandu Press

आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ । यही पाहा चरÞ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको हो भन्ने कथ्य छ । 
आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाडौं, चैत १६ : आज चैत्र कृष्ण औँसी अर्थात घोडे जात्रा । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ ।आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ ।

यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ । यही पाहा चरÞ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको हो भन्ने कथ्य छ । 

Hardik ivf

यो काठमाडौंको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा पनि मनाइन्छ । 

यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमङ्गल ल्याउने जनविश्वास छ । 

आज नेपाली सेनाका तर्फबाट टुँडिखेलमा घोडचढी कला, अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजको दिन ललितपुरमा एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाउने परम्परा छ ।

प्रकाशित मिति: ०८:५४ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्