Kathmandu Press

कांग्रेसले भन्यो- आन्दोलनका नाममा गरिएकाे तोडफोड, हिंसा र अराजकता निन्दनीय

कांग्रेसले शुक्रबार भएको अराजकताको निन्दा गर्दैै शान्ति र संविधानकै मार्गबाट अघि बढ्न आग्रह गरेको छ।
कांग्रेसले भन्यो- आन्दोलनका नाममा गरिएकाे तोडफोड, हिंसा र अराजकता निन्दनीय

काठमाडौं, चैत १६ : शुक्रबार राजावादीहरुले आन्दोलनका नाममा गरेको तोडफोड, हिंसा र अराजकता निन्दनीय भएको सत्तारुढ दल नेपाली कांग्रेसले जनाएको छ।

कांग्रेसले शुक्रबार भएको अराजकताको निन्दा गर्दैै शान्ति र संविधानकै मार्गबाट अघि बढ्न आग्रह गरेको छ।

Hardik ivf

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी राजावादीहरुले गरेको हिंसात्मक घटनाको भर्त्सना गरेका छन् ।

‘संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेस सदैव सम्मान गर्दछ । तर आज राजधानीको तीनकुनेलगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएका छन् । त्यो अत्यन्तै निन्दनीय छ,’ थापा र शर्माले भनेका छन्, ‘व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’

नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सभव भएको उल्लेख गर्दै कांग्रेसले नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नविनता दिन दृढ रहेको जनाएका छन्।

‘लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: ०७:५७ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्