Kathmandu Press

तीनकुने घटनाको सत्य-तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले शुक्रबार तीनकुनेमा राजावादीहरुको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य छानविन गर्ने र दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ।
तीनकुने घटनाको सत्य-तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, चैत १५ : सरकारले शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरुको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको सत्यतथ्य छानविन गर्ने र दोषीमाथि कारबाही गर्ने निर्णय गरेको छ।

शुक्रबार राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण काठमाडौं असान्त भएपछि मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बसेको थियो। सोही बैठकले यस्तो निर्णय गरको हो।

Hardik ivf

‘पूर्वराजाका समर्थकहरुले काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा भएको अराजक प्रदर्शनका क्रममा नीजि, सार्वजनिक एवम सरकारी सम्पत्ति अस्पताल, सवारी साधन, राजनीतिक दलका कार्यालय साथै संंचार गृहहरुमा भएको तोडफोड, आक्रमण र तोडफोड गरी एवम अन्तार्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतंक फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुंगामुढा, आगजनी र मानिसको ज्यान लिनेजस्ता अमानवीय र गैरकानुनी कार्य भएकोप्रति नेपाल सरकार घोर भत्र्सना गर्दछ,’ बैठकपछि सरकार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने।

उनले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कारवाही गर्ने निर्णय भएको बताए। साथै प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको  पनि उनले बताए।

मन्त्रिपरिषदकै निर्णय सुनाउँदै मन्त्री गुरुङले म्यानमार र थाइल्याण्डमा भएको विनाषकारी भूकम्पका कारण भएको जनधनको क्षतिको दुःख व्यक्त गरेका छन्।

 

प्रकाशित मिति: ०१:०९ बजे, शनिबार, चैत १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्