Kathmandu Press

रविन्द्र मिश्र, धवल शमशेर र स्वागत नेपाल पक्राउ, आन्दोलनका कमान्डर दुर्गा प्रसाई फरार

प्रहरीले शुक्रबार राति नै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय रविन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बुलाई पक्राउ गरेको छ।
रविन्द्र मिश्र, धवल शमशेर र स्वागत नेपाल पक्राउ, आन्दोलनका कमान्डर दुर्गा प्रसाई फरार

काठमाडौं, चैत १५ : राजावादीहरुले शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा गरेको विध्वंशपूर्ण आन्दोलनको नेतृत्व गर्ने शीर्ष नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले शुक्रबार राति नै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय रविन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बुलाई पक्राउ गरेको छ।

आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले दिउँदैदेखि पक्राउ गर्न खोजिरहे पनि उनी भने फरार छन्।

यस्तै, प्रहरीले यो अभियानका संयोजक नवराज सुवेदीको घरमा पनि प्रहरी परिचालन गरेको छ। तर, उनको स्वास्थ्य अवस्थाका कारण पक्राउ भने गरिएको छैन।

प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 
शुक्रबार दिउँसो तीनकुनेमा भएको राजावादीको अन्दोलन हिंसात्मक बनेको थियो। आन्दोलनकारीले सो क्षेत्रका थुप्रै घरमा तोडफोड र आगजनी गरेका थिए।

आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ। अवस्था असहज बनेपछि सरकारले बिहान ७ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ।

प्रकाशित मिति: ००:५९ बजे, शनिबार, चैत १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्