Kathmandu Press

जडीबुटी भवनको आगो नियन्त्रणमा, जोखिम टर्‍यो

कम्पनीकी महाप्रबन्धक संगीता यादवकाले केहीबेर अघिमात्र आगो निमन्त्रणमा आएको बताइन्। 
जडीबुटी भवनको आगो नियन्त्रणमा, जोखिम टर्‍यो

काठमाडौं, चैत १५ : जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो नियन्त्रणमा आएको छ। 

कम्पनीकी महाप्रबन्धक संगीता यादवकाले केहीबेर अघिमात्र आगो निमन्त्रणमा आएको बताइन्। 

तीनकुनेबाट प्रहरीले तितरबितार पारेपछि भागेका प्रदर्शनकारीले अपरान्ह साढे ४ बजेतिर ढुंगामुढा गर्दै कम्पनीमा आगो लगाएका थिए। 

सुरुमा कार्यालयको मुख्य भवनमा आगजनी भएको थियो । त्यसपछि सञ्चो उत्पादन गर्ने भवनमा आगो सल्किएको थियो। त्यो भवनसँगेको अर्को भवनमा ठूलो परिणाामा तेल स्टक रहेकाले विस्फोटको जोखिम उत्पन्न भएको थियो।

तर, सुरक्षाकर्मी, स्थानीय र दकमको सहयोगमा आगो नियन्त्रणमा आएपछि खतरा टरेको हो।

कम्पनीको मुख्य कार्यालय भवन र सञ्चो उत्पादन गर्ने भवन पूर्णरुपमा जलेको छ। क्षतिको विवरण आउन बाँकी छ।

प्रकाशित मिति: २१:३९ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्