Kathmandu Press

सञ्चो उत्पादन गर्ने भवनमै आगो सल्किएपछि विस्फोटको जोखिम बढ्यो, नियन्त्रणकाे प्रयास जारी

सञ्चो उत्पादन गर्ने भवन र सँगै रहेको अर्को भवना ठूलो परिमाणमा तेल रहेकाले तत्कालै आगो नियन्त्रणमा नलिई विस्फोटको जोखिम रहेको उनले बताइन्। 
सञ्चो उत्पादन गर्ने भवनमै आगो सल्किएपछि विस्फोटको जोखिम बढ्यो, नियन्त्रणकाे प्रयास जारी

काठमाडौं, चैत १५ : राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा लगाएको आगो सञ्चो उत्पादन गर्ने भवनमा आगो पनि सल्किएको छ।

तीनकुनेबाट प्रहरीले तितरबितार पारेपछि भागेका प्रदर्शनकारीले अपरान्ह साढे ४ बजेतिर ढुंगामुढा गर्दै कम्पनीमा आगो लगाएका थिए। 

Hardik ivf

सुरुमा कार्यालयको मुख्य भवनमा आगजनी भएको थियो । त्यसपछि सञ्चो उत्पादन गर्ने भवनमा आगो सल्किएको महाप्रबन्धक संगीता यादवले बताइन्। 

सञ्चो उत्पादन गर्ने भवन र सँगै रहेको अर्को भवना ठूलो परिमाणमा तेल रहेकाले तत्कालै आगो नियन्त्रणमा नलिई विस्फोटको जोखिम रहेको उनले बताइन्। 

सँगैको भवनमा २५ टन तेल स्टोर गरेर राखिएको उनले जानकारी दिइन्। सो भवनमा आगो सल्किए जडीबुटी क्षेत्रमा ठूलो क्षति हुने उनले बताइन्। 

केहीबेर अघिदेखि दमकल आए पनि आगो नियन्त्रणको प्रयास गरिरहेको छ। तर, अझै आगो नियन्त्रणमा आउन सकेको छैन।

प्रकाशित मिति: २०:४७ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्