Kathmandu Press

राजावादीकाे अराजकता, तोडफोड र आगजनीमा उत्रिए

कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोडसँगै लुटपाट पनि गरिएको छ। प्रदर्शकारीले सुपरमार्केटबाट मोबाइलट, गडी मदिरा लुटेका छन्।
राजावादीकाे अराजकता, तोडफोड र आगजनीमा उत्रिए

काठमाडौं, चैत १५ : तीनकुनेबाट तितरवितर भएका राजावादीहरु विभिन्न ठाउँमा आगजनी र तोडफोडमा उत्रिएका छन्।

प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन्। तीनकुनेबाट प्रदर्शन गर्दै जडिबुटी क्षेत्र पुगेका उनीहरुले कम्पनीमा आगो लगाएको स्थानीय प्रत्यक्षदर्शीले बताए।

Hardik ivf

कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोडसँगै लुटपाट पनि गरिएको छ। प्रदर्शकारीले सुपरमार्केटबाट मोबाइलट, गडी मदिरा लुटेका छन्।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर झाडीमा आगलागी भएको छ। सिनामंगलमा रहेको पेट्रोल पम्प नजिकै आगलागी भएको हो। राजावादी समूहको प्रदर्शनकारीले लगाएको हुनसक्ने आशंका गरिएको छ। 

प्रदर्शनकारीले नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आगजनी गरेका छन्। कोटेश्वर क्षेत्रमा निजी र सरकारी गाडी पनि चलाएका छन्।

राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा प्रशासनले कफ्र्यु जारी गरिसकेको छ। 

प्रकाशित मिति: १९:३५ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्