Kathmandu Press

दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउँछौं : गृह

गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमा प्रसाईंलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएका हुन्। 
दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउँछौं : गृह

काठमाडौं, चैत १५ : गृह मन्त्रालयले राजसंस्था पुनःस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर रहेका दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउने बताएको छ।

पत्रकार सम्मेलनमार्फत गृह मन्त्रालयले उक्त जानकारी गराएको हाे। गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमा प्रसाईंलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएका हुन्। 

उनले सरकारले कारबाहीको तयारी गरेको जानकारी गराएका हुन्।

पत्रकार सम्मेलनमा सहसचिव रिजालले भने, ‘दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ।’ 

प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्