Kathmandu Press

राजावादीले तीनकुनेमा भवनमा जलाउँदा पत्रकारको जलेर मृत्यु

राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको हो।
राजावादीले तीनकुनेमा भवनमा जलाउँदा पत्रकारको जलेर मृत्यु

काठमाडौं, चैत १५ : राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर पत्रकारको मृत्यु भएको छ। 

राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको हो।

उनी एभिन्यूज टेलिभिजनमा क्यामेरा पर्सनका रुपमा कार्यरत थिए। 

आगो नियन्त्रणमा आएपछि हेर्दा जलेको अवस्थामा रजकको शव भेटिएको हो। शव नचिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

प्रहरीले अहिले त्यहाँ घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ। 

प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्