Kathmandu Press

आन्दोलनमा घाइते भएका एक जनाको मृत्यु

घाँटीमा रबरको गोली लागेका उनको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। 
आन्दोलनमा घाइते भएका एक जनाको मृत्यु

काठमाडौं, चैत १५ : तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनका क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ।

आन्दोलनका क्रममा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको गृह मन्त्रालयले जनाउकाे छ।।

प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

यता, घाँटीमा रबरको गोली लागेका उनको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। 
 

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्