प्रधानमन्त्री ओलीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक
राजावादी प्रदर्शनकारीको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। बैठक बेलुका ८ बजे बस्ने तय भएको छ।
काठमाडौं, चैत १५ : प्रधानमन्त्री केपी ओलीले साँझ आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन्।
राजावादी प्रदर्शनकारीको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन्। बैठक बेलुका ८ बजे बस्ने तय भएको छ।
राजावादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने आसपासका क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ।
अहिले त्यस क्षेत्रमा नेपाली सेना खटिएका छन्।
प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार