Kathmandu Press

तीनकुने क्षेत्रमा सेना खटाइयो 

जिल्ला प्रशासन कार्यालयले काठमाडौंको ४ ठाउँमा कर्फ्यू आदेश जारी गरिसकेको छ । अहिले सडकमा नेपाली सेनाको गस्ती लागेको छ। 
तीनकुने क्षेत्रमा सेना खटाइयो 

काठमाडौं, चैत १५ : कर्फ्यू आदेश पालना गराउन तीनकुने वरपरका क्षेत्रमा नेपाली सेना खटिएका छन्। 

जिल्ला प्रशासन कार्यालयले काठमाडौंको ४ ठाउँमा कर्फ्यू आदेश जारी गरिसकेको छ । अहिले सडकमा नेपाली सेनाको गस्ती गरिरहेका छ।

Hardik ivf

विमानस्थल, नीजि आवास, मिडिया, सुपरमार्केट लगायतका संवेदनशील स्थानमा राजावादी प्रदर्शनकारीले आगजनी, ढुंगामुढा र तोडफोड गर्न थालेपछि कफ्र्यु आदेशसँगै सेना खटाइएको हो। 

सरकारले कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यू जारी गरेको छ। 

नेपाली सेनाले काठमाडौं उपत्यकामा सेना परिचालन नभएको, तर आगजनी र लुटपाटजस्ता घटना भएका कारण त्यसको नियन्त्रणका लागि प्रहरीलाई सघाउन टोली गएको प्रष्टीकरण दिएको छ।

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्