Kathmandu Press

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि राजावादीले लगाए आगो

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा उत्रिएका प्रदर्शनकारीले कम्पनीको कार्यालयमा आगो लगाएका हुन्। 
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पनि राजावादीले लगाए आगो

काठमाडौं, चैत १५ : राजावादी प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि आगो लगाएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा उत्रिएका प्रदर्शनकारीले कम्पनीको कार्यालयमा आगो लगाएका हुन्। 

तीनकुनेबाट  तितरिबतार भएकाे भीडले कम्पनीको कार्यालयमा ढुंगा प्रहार गर्दै ताेडफाेड पनि गरेकाे छ।

प्रदशर्नकारी तोडफोड र आगजनीमा उत्रिएपछि सरकारले तीनकुने, कोटेश्वर र सिनामंगल लगायत क्षेत्रमा कफ्र्यु आदेश जारी गरिसकेको छ।
 
प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्