Kathmandu Press

राजावादी प्रदर्शनकारीद्वारा मिडियामाथि आगजनी प्रयास 

तीनकुने मैदानमा राजावादीहरुको प्रदर्शन बिथोलिएपछि अराजक समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो। 
राजावादी प्रदर्शनकारीद्वारा मिडियामाथि आगजनी प्रयास 

काठमाडौं, चैत १५ : राजावादी प्रदर्शनकारीले अन्नपूर्ण पोष्टको कार्यालय रहेको तीनकुनेस्थित कर्पोरेट टावरमा आगजनीको प्रयास गरेका छन्। 

तीनकुने, सिनामंगलस्थित कार्यालय रहेको भवनमा प्रवेश गर्दै राजावादी प्रदर्शनकारीहरूले तोडफोड गर्दै आगजनीको प्रयास गरेका हुन्।

तीनकुने मैदानमा राजावादीहरुको प्रदर्शन बिथोलिएपछि अराजक समूहले अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा ढुंगामुढा गरेको थियो। 

ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ । आगजनीको प्रयास गरे पनि राजावादी प्रदर्शनकारी सफल भएनन्। 

यता, तीनकुनस्थित कान्तिपुर टेलिभिजन रहेको भवनमा पनि तोडफोड भएको छ। सडकबाट बोत्तल प्रहार गरी भवनका सिसा फुटाइएको छ।   
 
प्रकाशित मिति: १८:०७ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्