Kathmandu Press

तीनकुनेबाट भागेका रविन्द्र मिश्र लेख्छन्– आन्दोलनमा भएकाे भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ 

उनले सामाजिक सञ्जालमार्फत कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोधसम्म गरेका छन्। 
तीनकुनेबाट भागेका रविन्द्र मिश्र लेख्छन्– आन्दोलनमा भएकाे भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ 

काठमाडौं, चैत १५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। 

उनले सामाजिक सञ्जालमार्फत कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोधसम्म गरेका छन्। 

Hardik ivf

राजावादीहरूको आन्दोलनमा सहभागी हुन रविन्द्र मिश्र पनि तीनकुने पुगेका थिए। राजावादीहरूको समूह बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्दै उनीहरूलाई तितरबितर पारेको थियो। त्यसपछि रविन्द्र मिश्रलगायत नेताहरू त्यहाँबाट भागेका थिए।

‘आन्दोलन रोकिएको छैन । सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ । कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु। अहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्,’ उनले लेखेका छन्।

राजावादीहरुको आन्दोलनले उग्र र नियन्त्रणबाहिर गएपछि मिश्रको यस्तो धारणा आएको हो। 

राजावादीहरूले तीनकुने–कोटेश्वर क्षेत्रका घरहरूमा तोडफोड, आगजनी र लुटपाट पनि गरेका छन्।
 

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्