Kathmandu Press

भाटभटेनीमा तोडफोडसँगै लुटपाट

तीनकुने क्षेत्रबाट प्रहरीले लेखेटेपछि कोटेश्वरतर्फ भागेका प्रदर्शनकारीले भाटभटेनीमा तोडफोड गरेका हुन्। 
भाटभटेनीमा तोडफोडसँगै लुटपाट

काठमाडौं, चैत १५ : तीनकुनेमा प्रदर्शनका आएका राजावादीहरूले कोटेस्थित भाटभटेनी सुपर मार्केटमा तोडफोड गरेका छन्।

तीनकुने क्षेत्रबाट प्रहरीले लेखेटेपछि कोटेश्वरतर्फ भागेका प्रदर्शनकारीले भाटभटेनीमा तोडफोड गरेका हुन्। 

बाहिरबाट डुंगामुडा गरेपछि राजावादीहरूको एउटा समूह सुपरमार्केटभित्र परेस लुटपाट पनि गरेको छ। 

उनीहरू सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनीभित्र प्रवेश गरेका थिए। उनीहरू केही सयपछि रक्सी र वियरका बोतल हातमा बोल्दै बाहिर निस्किएका थिए। 

उनीहरूले त्यहाँ रहेकाे तरकारीका बाहिर ल्याएर फ्रयांकेका थिए। उनीहरूले केही समान बाहिर निकालेर आगजानी पनि परेका छन्। 

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्