Kathmandu Press

गृह मन्त्रालयमा सुरक्षा प्रमुखको आकस्मिक बैठक 

गृहमन्त्रालयमा बसेको बैठकमा सुरक्षा प्रमुखहरूवीच छलफल चलिरहेको छ। 
गृह मन्त्रालयमा सुरक्षा प्रमुखको आकस्मिक बैठक 

काठमाडौं, चैत १५ : राजावादी आन्दोलनकारीले आगजनी, तोडफोड र सर्वसाधरणका घरमा ढुंगामुढा गर्न थालेपछि गृह मन्त्रालयमा सुरक्षाप्रमुखहरूको आकस्मिक बैठक बसेको छ। 

गृहमन्त्रालयमा बसेको बैठकमा सुरक्षा प्रमुखहरूवीच छलफल चलिरहेको छ। 

राजसंस्था पुनस्र्थापनालगायत एजेन्डासहित आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले आगजनी, तोडफोड, ढुंगामुढा गरेपछि शान्ति सुरक्षा कायम गर्न र संभावित दुर्घटनाबाट जोगाउने सुरक्षा प्रमुखविच छलफल भइरहेको जनाइएको छ। 

राजावादी प्रदर्शनकारी अराजक भएर व्यक्तिको घर तोडफोड र आगजनीमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कफ्र्यु लगाएको छ। 
 

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्