Kathmandu Press

काठमाडौंमा कहाँ कहाँ लाग्यो कर्फ्यू 

राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।
काठमाडौंमा कहाँ कहाँ लाग्यो कर्फ्यू 

काठमाडौं, चैत १५ : राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म, गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ। 

आज अपरान्ह ४ः२५ बजेदेखि आजै रातीसम्मका लागि कर्फ्यू आदेश जारी भएको हो। 

487405161_976092374653286_5589947986521523539_n-1743159058.jpg
 

प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्