Kathmandu Press

तोडफोड गर्दै राजावादीहरू माओवादी केन्द्र र एमाले कार्यालयतिर

प्रदर्शनकारी माओवादी र एमाले पार्टी कार्यालयतर्फ अघि बढेपछि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
तोडफोड गर्दै राजावादीहरू माओवादी केन्द्र र एमाले कार्यालयतिर

काठमाडौं, चैत १५ : तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादीहरु सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढेका छन्। 

प्रदर्शनका क्रममा आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनीपछि उनीहरु च्यासलतिर अघि बढेका हुन्। 

प्रदर्शनकारी माओवादी र एमाले पार्टी कार्यालयतर्फ अघि बढेपछि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए। पछि आगजनी गरेका थिए। त्यसपछि उनीहरु एमाले कार्यालयतिर अघि बढेका छन्। 

प्रदर्शनकारीहरु नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पनि पुगेका छन्। 
 
प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्