Kathmandu Press

तीनकुनेदेखि जडीबुटीसम्म कर्फ्यू

राजावादी प्रदर्शनकारी अराजक भएर व्यक्तिको घर तोडफोड र आगजनीमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालयले भर्खरै कफ्यु आदेश जारी गरेको हो। 
तीनकुनेदेखि जडीबुटीसम्म कर्फ्यू

काठमाडौं, चैत १५ : सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। 

राजावादी प्रदर्शनकारी अराजक भएर व्यक्तिको घर तोडफोड र आगजनीमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालयले भर्खरै कर्फ्यू आदेश जारी गरेको हो। 

Hardik ivf

सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै काठमाडौँ प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । काठमाडौं जिल्ला प्रशासनले शान्तिनगर पुलदेखि जडीबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यू लगाएको छ। 

कर्फ्यू आदेश जारी गर्नुअघि प्रहरीले त्यस क्षेत्रमा माइकिङ गरेको थियो । यतिबेला तीनकुने क्षेत्रबाट राजावादी समूह तितरबितर भएका छन्। प्रहरीले प्रदर्शनले उग्ररूप लिएपछि अश्रुग्यास, हवाई फायर प्रहार गर्दै  तितरबितर पारेको हो। 

प्रहरीले अहिले राजावादीको प्रदर्शनसभा स्थल तीनकुने मैदान खाली गराएको छ। राजावादीहरूले निजी घरमा समेत ढुंगामुढा र आगजनी गरेपछि परिस्थिति भयग्रस्त बन्न पुगेको छ। 
 


 

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्