Kathmandu Press

राजावादीद्वारा नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी

प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए। पछि आगजनी गरेका हुन्।
राजावादीद्वारा नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं, चैत १५ : राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन्। 

प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए। पछि आगजनी गरेका हुन्। 

स्थानीयका अनुसार प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाएका थिए।  त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका थिए।

प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका थिए। तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरुको आमसभा समेत प्रभावित बनेको छ।

Photo-(1)-(39)-1743157890.jpeg

Photo-(2)-(29)-1743157889.jpeg

Photo-(5)-(8)-1743157889.jpeg

प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्