तीनकुनेमा कर्फ्यु लगाउने तयारी

काठमाडाैं, चैत १५ः राजावादीहरुको प्रदर्शन अनियन्त्रित बन्दै गएपछि तीनकुनेमा कर्फ्यु लगाउने तयारी भएको छ।
प्रहरीले माइकिङ गर्दै प्रदर्शनकारीहरुलाई अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन्।
तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास जारी छ।
व्यक्तिगत भवनमा भएको आगजनी नियन्त्रणमा आइसकेको छ। तर प्रदर्शनकारीहरु अझैपनि सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन्।
प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)
