Kathmandu Press

गणतन्त्रविरुद्ध विदेशी षड्यन्त्र : विप्लव  

समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले विदेशी षड्यन्त्र भइरहेको बताएका हुन्। उनले षड्यन्त्र पूरा गर्न नदिने बताए। 
गणतन्त्रविरुद्ध विदेशी षड्यन्त्र : विप्लव  

काठमाडौं, चैत १५ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले गणतन्त्रविरुद्ध विदेशी षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले विदेशी षड्यन्त्र भइरहेको बताएका हुन्। उनले षड्यन्त्र पूरा गर्न नदिने बताए। 

मोर्चाको संयोजकसमेत रहेका नेता विप्लवले अब जनतालाई सामन्ती तत्वहरुको खाँचो नभएको पनिबताए।

‘हराइएका, जनताको बलद्वारा धुलो पारिएका सामन्ती तत्वहरुका बचेखुचेका तत्वहरुले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेका छौ । हामी गणतन्त्रसम्म आएका छौं, तर जनताको सबै आकांक्षा पूरा भएको छैन, हामीले बुझेका छौं,’ विप्लवले भने।  

प्रकाशित मिति: १५:५६ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्