Kathmandu Press

संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रतिपक्षी दलबीच सहमति जुट्यो 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको १८ गतेको बैठकमा सम्बोधन गर्ने सहमति जुटेको हो। सहमति जुटेसँगै अवरुद्ध संसदकाे अवराेध हटेकाे छ। 
संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रतिपक्षी दलबीच सहमति जुट्यो 
फाइल तस्बिर।

काठमाडौं, चैत १५ : संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको छ। 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको १८ गतेको बैठकमा सम्बोधन गर्ने सहमति जुटेको हो। सहमति जुटेसँगै अवरुद्ध संसदकाे अवराेध हटेकाे छ। 

Hardik ivf

सहमति जुटाउने बिषयमा छलफल गर्न शुक्रबार सभमुख देवराज घिमिरेसहित प्रमुख प्रतिपक्ष, अन्य विपक्षी दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बीचको छलफल भएको थियो । छलफलपछि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभाको १८ गतेको बैठकमा सम्बोधन गर्ने सहमति बनेको हो। 

मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बदर्खास्त गरेपछि प्रतिपक्ष दलहरूले सदनमा अवरोध सिर्जना गर्दै आएका थिए। 

छलफलपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले १८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आइतबार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको जानकारी सञ्चारकर्मीलाई गराए। 
 

प्रकाशित मिति: १५:३८ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्