Kathmandu Press

तीनकुनेमा प्रदर्शनकारीलाई रबरकाे गोली लाग्यो, प्रहरीको टाउकोमा चोट 

प्रहरीले हानेको रबर गोलीले घाइते भएका प्रदर्शनकारीलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ।
तीनकुनेमा प्रदर्शनकारीलाई रबरकाे गोली लाग्यो, प्रहरीको टाउकोमा चोट 

काठमाडौं, चैत १५ : राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनमा एक प्रदर्शनकारीलाई गोली लागेको छ।

प्रहरीले हानेको रबर गोलीले घाइते भएका प्रदर्शनकारीलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ।

Hardik ivf

तीनकुने कै प्रदर्शनमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ। प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो। 

सोही क्रममा झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएको तीनकुनेमा रहेका बताइएको छ। उनीहरुलाई पनि कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ। 

राजावादी समूहको प्रदर्शन उग्र बनेपछि तीनकुने क्षेत्र तनावग्रस्त छ। उनीहरू केही घरमा तोडफोड गरेका छन्। एउटा घरमा आगजनी पनि गरेका छन्।
 

प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्