Kathmandu Press

आगो निभाउन तीनकुने पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध

घरमा लागेको आगो निभाउन दमकल र शसस्त्र प्रहरीले प्रयास गरेपनि असफल भएका हुन्। तीनकुने क्षेत्रमा चार घरमा प्रदर्शनकारी तोडफोड गरेका हुन्। 
आगो निभाउन तीनकुने पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध

काठमाडौं, चैत १५ : तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ। आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन्। 

राजावादीहरूको प्रदर्शन बिथोलिएपछि प्रदर्शनकारीहरुले तीनकुनेस्थित मार्बल हाउसमा आगजानी गरेका थिए। तर दमकललाई प्रदर्शनकारीले प्रवेश नै नदिएको बताइएकाे छ।

Hardik ivf

घरमा लागेको आगो निभाउन दमकल र शसस्त्र प्रहरीले प्रयास गरेपनि असफल भएका हुन्। तीनकुने क्षेत्रमा चार घरमा प्रदर्शनकारी तोडफोड गरेका हुन्। 

आगजानी भएको ठाँउ अझैसम्म पनि दमकल पुग्न सकेको छैन। तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन्। 

यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा फुटाइदिएका थिए। 

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्