पूर्वप्रधानमन्त्री डा.भट्टराईले भेटे राष्ट्रपति
भट्टराईले जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको लागि सबै जिम्मेवार राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन्।
काठमाडौं, चैत १५ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितलनिवासमा भेटवार्ता गरेका छन्।
भट्टराईले राष्ट्रपति पौडेललाई केही समयअघि शीतलनिवासमा भेट गर्दै फर्किएका छन्। भेटकाक्रममा मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको बताइएको छ।
राष्ट्रपतिसँगको भेटपछि भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको प्रमुख अभिभावकको नाताले राष्ट्रपतिज्यूमा लोकतान्त्रिक राज्य प्रणालीमा स्वाभाविक रूपमा बेलाबखत देखापरिरहने राजनीतिक, आर्थिक, सामाजिक, सामरिक, प्रशासनिक क्षेत्रका समस्या दलहरूका नेतृत्वले नै आपसी संवाद र सहमतिबाट हल गरून् र जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरून् भन्ने सदीक्षा रहेको अनुभूति भयो।’
भट्टराईले जनताले लामो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको लागि सबै जिम्मेवार राजनीतिक दल र नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन्।












