Kathmandu Press

तीनकुनेमा घरमा राजावादीहरूले आगो लगाए

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए। सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।
तीनकुनेमा घरमा राजावादीहरूले आगो लगाए

काठमाडौं, चैत १५ : तीनकुनेमा राजवादीहरूले गरेको प्रदर्शन उग्र बनेको छ। 

राजावादीको प्रदर्शन र सभा बिथोलिएपछि प्रदर्शनकारीले घरमा आगजनी भएको हो।

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए। सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।

आगो बलेर धुवाँको मुस्लो निस्किएको धेरैबेरपछि मात्र आगो निभाउन दमकल पुगेको थियो। सो दमकलमाथि पनि प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन्।

प्रकाशित मिति: १५:११ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्