Kathmandu Press

भारतले थप दुई हप्ता लकडाउन लम्ब्यायो

नयाँदिल्ली, वैशाख १९ : भारतले लकडाउनको अवधि थप दुई हप्ता लम्ब्याउने निर्णय गरेको छ।

शुक्रबार भारतीय गृह मन्त्रालयले मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता ....

भारतले थप दुई हप्ता लकडाउन लम्ब्यायो

नयाँदिल्ली, वैशाख १९ : भारतले लकडाउनको अवधि थप दुई हप्ता लम्ब्याउने निर्णय गरेको छ।

शुक्रबार भारतीय गृह मन्त्रालयले मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता लकडाउन लम्ब्याउने निर्णय भएको जानकारी दिएको हो। भारतले यसअघि  लकडाउन मे ३ तारिखसम्मका लागि तोकेको थियो।

सरोकारवाला र विज्ञहरुसँग गरिएको छलफलमा लकडाउन बढाउनुको विकल्प नरहेको सुझाव आएपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको बताइएको छ। लकडाउनको परिणाम अहिलेसम्म सन्तोषजनक देखिएको र लकडाउन अन्त्य गरेमा कोरोनाभाइरसको सङ्क्रमण व्यापक रुपमा फैलिन सक्ने अधिकांशको निश्कर्ष रहको बताइएको छ। 

सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेपनि केही खुकुलो भने बनाएको छ। देशलाई कोरोनाभाइरसको सङ्क्रमणको अवस्थाका आधारमा विभिन्न तहमा विभाजन गरेर त्यसैका आधारमा लकडाउनको खुकुलो अवस्थालाई पनि निर्धारण गरिएको अधिकारीहरुको भनाइ छ। 

भारतमा केन्द्रीय सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित, कम प्रभावित र प्रभाव नरहेको क्षेत्र भनेर वर्गिकरण गरेको छ। 

निश्चित क्षेत्रमा दैनिक उपभोग्य अत्यावश्यक सेवाका पसलहरु खोल्न दिने, साईकल, रिक्सा, अटोरिक्सा, ट्याक्सी लगायतका साना सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्थाहरु पनि लकडाउन लम्ब्याउने निर्णयमा उल्लेख गरिएको छ।  

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३५ हजार ४३ भन्दा बढी भएको छ भने मृत्यु हुनेको संख्या एक हजार १४७ पुगेको छ। 

प्रकाशित मिति: २०:०७ बजे, शुक्रबार, वैशाख १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्