स्वदेश तथा विदेशमा बस्ने पेशाकर्मी र व्यवसायीहरूले भने, ‘प्रधानमन्त्री तत्काल राजीनामा देऊ’
काठमाडौं, वैशाख १९ : स्वदेश र विदेशमा रहेका विभिन्न पेशा तथा व्यवसायमा रहेका ४० जना नागरिकहरुले नागरिकहरुको सुरक्षा र देश विकासमा अघि बढ्न नसकेको भन्द....

काठमाडौं, वैशाख १९ : स्वदेश र विदेशमा रहेका विभिन्न पेशा तथा व्यवसायमा रहेका ४० जना नागरिकहरुले नागरिकहरुको सुरक्षा र देश विकासमा अघि बढ्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
विहिबार विभिन्न पेशमा सहभागि ४० जना नागरिकहरुले अपिल जारी गर्दै स्वास्थ्य सामाग्री खरिद, सासंद अपहरण, सामाजिक सञ्जालमा लखेकै आधारमा गरिएका पक्राउ प्रकरणलागयत प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
‘लोकतान्त्रिक व्यवस्थामा जनताको हित नै सर्वोपरी ठानेर काम गर्नुपर्ने बेलामा सरकारमा बस्नेहरुले महामारीलाई समेत भ्रष्टाचार गर्ने अवसरको रुपमा लिनु अत्यन्त खेदजनक छ। हामी स्वास्थ्य सामाग्री भ्रष्टाचार प्रकरणमा संलग्न सबैलाई तत्काल कानूनी कारवाही अगाडि बढाउन जोडदार माग गर्दछौं’ उक्त अपिलमा भनिएको छ, ‘सरकारले यो विपदको समयमा निर्धारण गरेका प्राथमिकतालाई हेर्दा वर्तमान सरकारले यो विपत्तिबाट पार लगाउन सक्दैन। महाव्याधीबाट छुटकारा पाउनको लागि कुनै योजना बनाउन नसकेको यस अवस्थामा केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई पदबाट राजीनामा दिन र आफ्नो पद र सत्ताको फोहोरी खेल सरकारबाट हेटेर खेल्न हामी जोडदार माग गर्दछौं।’
उक्त अपिलमा नागरिकका न्युनतम आवश्यकतातर्फ ऑंखा चिम्लेर संविधानको मर्म विपरित अन्य पार्टी फुटाउने र संवैधानिक नियुक्तिमा एकलौटी नियुक्ति गर्ने हिसाबमा अध्यादेश जारी गर्नुले यो सरकारको प्राथमिकता स्पष्ट पारेको पनि उल्लेख गरिएको छ।
‘नागरिकले खान नपाएर भोकै,नाङ्गै रूवाबासी गर्दा, कलिला सन्तान च्यापेर खालीखुट्टा सयौं किलोमिटर हिंडेर घर फर्किरहेका समाचारहरु निरन्तर आइरहॅंदा पनि सरकार मुकदर्सक बनेर बसेको र सरकारी राहत केबल घोषणामा सिमित रहेको छ। सिमामा रहेका हजारौं नेपाली नागरिक आफ्नै मुलुक फर्कन पाएका छैनन्’ उक्त अपिलमा भनिएको छ, ‘यस्तो अवस्थामा नागरिकको उद्दार र राहतमा लाग्नु पर्ने सरकार सत्ता र शक्तिको लडाईंमा लागेको छ। जनाताको र्थिक–सामाजिक जीवन अस्तव्यस्त भएको संकटको बेलामा देखाएको यस्तो असंवेदनशील व्यवहारको जति भर्त्सना गरेपनि कम हुन्छ।’
अपिल जारी गर्नेमा नेपाल डायरी, विश्वदीप लामिछाने, राजेश लुइँटेल, विनोद खतिवडा, घिमिरे संसार, रोमन भट्टराई, रामराज शर्मा, सरोज चापागाईं, उमेश सत्याल, रामहरि पौडेल, केशव शर्मा, अमृत पौडेल, राविश शर्मा प्याकुरेल, प्रकाश भट्टराई, ल्हेन्डुप दोर्जे, विद्युत लामिछाने, मुक्ति अर्याल, बिक्रम खतिवडा, नारायण काफ्ले, आस्था शर्मा, तारा गौतम, सुरज रायमाझी, किरण खड्का, तेज बहादुर लामा, लव खड्का, रामहरि न्यौपाने, पर्शुराम कार्की, खिमलाल पन्थी, सगेन्द्र राई, दीपक शर्मा, सृजन अधिकारी, सुशील कार्की, संजय भण्डारी, पवन गौतम, गीतश्री पहारी, प्रमित लिबाङ्गी, धिरज कोइराला, राम शरण चौलागाईं , पिआर बराल, धोनु थापा रहेका छन्।











