Kathmandu Press

घरायसी विवाद मिलाइदिन्छु भन्दै घुस लिने पक्राउ

काठमाडौं, वैशाख १९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदाय....

घरायसी विवाद मिलाइदिन्छु भन्दै घुस लिने पक्राउ
प्रतिकात्मक तस्बिर

काठमाडौं, वैशाख १९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई पक्राउ गरेको छ। 

आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता भएको मुद्दा मिलाइदिने भनी एक सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएका थिए। आयोगले आरोपी धामीलाई बिहीबार पक्राउ गरेको भए पनि छानबिन जारी रहेकाले आज सार्वजनिक गरिएको जनाएको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी धामीमाथि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १८:३९ बजे, शुक्रबार, वैशाख १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्