Kathmandu Press

नेकपा अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं, वैशाख १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

नेकपा अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता
फाइल

काठमाडौं, वैशाख १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

कोटेश्वरस्थित नेपाल निवासमा शुक्रबार भएको भेटमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच पार्टीको शनिबार बस्ने सचिवालय बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको हो।

भेटमा उनीहरुबीच सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ। भेटमा स्थायी कमिटीको बैठक कहिले बोलाउने भन्ने विषयमा पनि प्रचण्ड र नेपालबीच कुराकानी भएको बताइएको छ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र लेखेका थिए।

नेकपाले सचिवालयको बैठक शनिबारका लागि बोलाएको छ। यसअघि बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपालसहितका नेताहरुले दबाब दिएका थिए। 

प्रधानमन्त्री ओलीले भने कोरोनाको महामारीपछि आफूले राजीनामा दिने र प्रधानमन्त्रीमा नयाँ मान्छेलाई ठाउँ दिनुपर्ने भन्दै उपाध्यक्ष बामदेव गौतमको नाम प्रस्ताव गरेका थिए भने पार्टीको तेस्रो अध्यक्ष वरिष्ठ नेता नेपाललाई बनाउने प्रस्ताव पेश गरेका थिए। 
 

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, वैशाख १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्