Kathmandu Press

लोगोको अनधिकृत प्रयोग नगरिदिन डब्ल्यूएचओ आग्रह

काठमाडौं, वैशाख १९ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले संगठनको लोगो वा प्रतीकको प्रयोग संगठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुम....

लोगोको अनधिकृत प्रयोग नगरिदिन डब्ल्यूएचओ आग्रह

काठमाडौं, वैशाख १९ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले संगठनको लोगो वा प्रतीकको प्रयोग संगठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न आग्रह गरेको छ।

नेपालमा विभिन्न प्रयोजनहरुमा संगठनको लोगो अनधिकृत रुपमा प्रयोग भएको बारेमा आफ्नो  ध्यानाकर्षण भएको जनाउँदै संगठनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'यो लोगो प्रयोग भएको कुनै पनि सामग्री भनेको उक्त सामग्री डब्ल्यूएचओद्वारा अनुमोदन गरिएको हो भन्ने सङ्केत गर्दछ । डब्ल्यूएचओको लोगो वा प्रतीक डब्ल्यूएचओको लिखित अनुमतिद्वारा मात्र प्रयोग गर्न सकिन्छ।'

लोगोको उपयोग डब्ल्यूएचओसँग आधिकारिकरुपमा सहकार्य गरिरहेका तथा डब्ल्यूएचओका साथ काम गरिरहेका सरकारी निकायहरु र संस्थाहरुका लागि मात्र सीमित गरिएको पनि संगठनले जनाएको छ।

संगठनको लोगो प्रयोग गर्न अनुमति प्राप्त गर्ने प्रक्रियाका लागि अवलम्बन गर्नुपर्ने निर्देशिका संगठनको वेबसाइटमा उपलब्ध रहेको जानकारी दिँदै संगठनले सरोकारवालालाई सोही बमोजिम गर्न गराउन अनुरोध गरेको छ।

प्रकाशित मिति: १७:१४ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्