अभिनेता ऋषि कपूरको सानदार बलिउड यात्रा
नयाँ दिल्ली, वैशाख १९ : ऋषि कपूर जन्मजात नै अभिनेता थिए। उनी भर्खर टुकुटुकु हिड्ने वेला नै ऐना अगाडि उभिएर थरिथरिको अनुहार बनाउँथे।
कपूर परि....

नयाँ दिल्ली, वैशाख १९ : ऋषि कपूर जन्मजात नै अभिनेता थिए। उनी भर्खर टुकुटुकु हिड्ने वेला नै ऐना अगाडि उभिएर थरिथरिको अनुहार बनाउँथे।
कपूर परिवारमा प्रायः महफिलको कथा सुनाउने गरिन्थ्यो। एक साँझ राज कपूरले आफ्नो छोरालाई आफूले खाइरहेका ह्विस्की गिलासबाट एक घुट्की पिलाए। त्यसपछि ऋषिले ऐना अगाडि गएर जड्याहाको अभिनय गरेको थिए।
उनको अभिनयको सुरुआत बालापनदेखि नै भएको थियो। उनका हजुरबुवाको नाटक ‘पठान’मा कोक्रोमा एक बच्चा निदाएको देखिन्थ्यो, त्यो बच्चा कोहि नभएर ऋषि कपूर थिए।
‘मेरा नाम जोकर’ले राष्ट्रिय पुरस्कार
जब उनी मुम्बईको क्याम्पियन स्कुलमा पढिरहेका थिए, उनका बुवा राज कपूरले आफ्नो आत्मकथात्मक फिल्म ‘मेरा नाम जोकर’मा उनलाई बालाकको रोल दिएका थिए। जब ऋषि सुटिङको लागि स्कुल जादैन्थे, उनको शिक्षकलाई यो कुरा मन पर्दैन्थ्यो।
यसै नतिजाका कारण उनलाई स्कुलबाट निकालियो। त्यसपछि दोस्रो पटक छोरालाई स्कुल भर्ना गराउन राज कपूरले निकै दौडधुप गर्नुपरेको थियो।
यसै फिल्मका लागि उनलाई सर्वश्रेष्ठ बालकलाकारका रुपमा राष्ट्रिय पुरस्कार मिलेको थियो।
कपूर खानदानमा अभिनय गर्नको लागि यसरी विद्यालय छुटाएको धेरै घटना छन्। राज कपूरको भाइ शम्मी कपूरले आफ्नो पढाइ छोडेर शकुंतला फिल्मको सुटिङ सुरु गरेका थिए।
उनको अभिनयलाई धेरै पात्रका देख्न सकिन्छ। ‘हमतुम’ (२००४)मा रिसाएका पति होस् या ‘स्टुडेन्ड अफ द इयर’ (२०१२)को चञ्चल अध्यापक हो, चाहे ‘डीडे’ (२०१३)को ‘डन’ या ‘अग्रिपथ’ (२०१२)को दलाल। ‘कपूर एन्ड सन्स’ (२०१६)मा नब्बे वर्षको बदमास बुढो होस या अरु उनले विभिन्न आयममा विभिन्न भूमिका निभाएका छन्।
‘बबी’ले राष्ट्रिय पहिचान
राज कपूरको फिल्म ‘बबी’ (१९७३)ले ऋषिलाई पहिलो पटक राष्ट्रिय पहिचान मिलेको थियो। राज कपूरले यस फिल्ममा उनलाई एक यस्तो पहिचानमा उतारेका थिए, जसले आउदो दुई दशकसम्म उनको साथ छोडेन्।
बबीमा राज कपूरको स्कुटरको ह्यान्डिल केहि ज्यादा लामो थियो। अनि दुवै साइडमा राखिएको ऐनामा उनको छोरोको अनुहार देखिरहन्थ्यो।
एउटा दृश्यका लागि नौ पटक रिटेक
यो फिल्ममा ऋषि कपूरसँग राम्रो काम लिनको लागि उनको बाबुले कुनै कसर छोडेका थिएन्।
ऋषिले आफ्नो आत्मकथा ‘खुल्लम खुल्ला’मा लेखेका थिए, ‘क्यामरा रोल हुनुभन्दा पहिले मेरो पिता मलाई यति रिहर्सल गराउथे, जसको तपाई कल्पना पनि गर्न सक्नुहुन्न। यो फिल्ममा अचला सचदेव मेरी आमा बनेकी थिइन्। म उनको साथमा देखिएको फिल्मको दृश्य कहिल्यै पनि भुल्न सक्दिन, जुन गालामा परेको थप्पड थियो।’
उनले लेखेका छन्, ‘पिताले उनलाई भनेका थिए कि तपाइँले सिनलाई वजनदार बनाउनको लागि चिन्टुलाई कसेर थप्पड हान्नुपर्छ। उनले यस दृश्यलाई नौ पटक रिटेक लिए। जब दृश्य ओके भयो, मेरो गाला नीलो भइसकेको थियो र मेरो आँशु रोकिएका थिएनन्।’
‘नेसनल स्वीटहर्ट’
सन् १९७३ मेमा जब बबी रिलिज भयो, भारतमा तहल्का मच्चाएको थियो। ऋषि कपूर जहाँ पनि जान्थे, उनलाई रक स्टार जसरी मानिसहरुले घेरा लगाउँथे। उनलाई ‘नेसनल स्वीटहर्ट’ भन्न थालिएको थियो।
यसपछि यो रोल उनका कयौं फिल्मको लागि एक ‘ब्लु प्रिन्ट’ साबित भयो। डिम्पल कपाडियासँग बनेको उनको जोडी छोटो समयमा नै टुट्न पुग्यो। ीकनकि, डिम्पलले राजेश खन्नासँग विवाह गरिन्।
सन् १९७४ मा उनले नीतू सिंहसँग ‘जहरीला इन्सान’मा पहिलो पटक काम गरेका थिए। यस जोडीलाई दर्शकले निकै रुचाए। यसपछि भने उनीहरुले फिल्म खेलखेल, रफूचक्कर, जिन्दादिलमा काम गरे। नीतूसँगै बिहे पनि गरे।
सन् १९७० को दशकमा यौन, हिंसा र एक्सन फिल्मको चर्चापरिचर्चा हुँदा पनि उनको ‘लभ ब्वय’ इमेजमा कुनै धक्का पुगेन।
ऋषि कपूरका साथमा अभिनय गरेका अभिनेत्रीहरुले आफ्नो करिअरमा धेरै सफलता पाएका छन्। काजल किरण (हम किसी से कम नहि), शोमा आनन्द (बारुद) जया प्रदा (सरगम), नसीम (कभी–कभी), संगीता बिजानी (हथियार) र पाकिस्तानी अभिनेत्री जेब बख्तियार (हेना)को फिल्ममा ऋषि कपूर नै मूख्य नायकमा देखिका थिए।
उनले बलिउडमा आफ्नो छाप छोडेका छन्। ६७ वर्षको उमेरमा बिहीबार निधन भएका ऋषि कपूरका पत्नी नीतू तथा छोराछोरी रणवीर र ऋधिमा कपूर छन्। रणवीर बलिउडमा लोकप्रिय बनिसकेका छन्। (बीबीसी हिन्दीबाट)












