Kathmandu Press

गुल्मीको धुर्कोट गाउँपालिकाले विपन्नलाई राहतस्वरुप रोजगारी दिने

गुल्मी, वैशाख १९ : लकडाउनके समयमा सबै स्थानीय तहले विपन्न परिवारलाई राहत वितरण गरिरहेको समयमा गुल्मीको धुर्कोट गाउँपालिकाले विपन्न परिवारलाई राहत स्वर....

गुल्मीको धुर्कोट गाउँपालिकाले विपन्नलाई राहतस्वरुप रोजगारी दिने

गुल्मी, वैशाख १९ : लकडाउनके समयमा सबै स्थानीय तहले विपन्न परिवारलाई राहत वितरण गरिरहेको समयमा गुल्मीको धुर्कोट गाउँपालिकाले विपन्न परिवारलाई राहत स्वरुप रोजगारी दिने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको बैठकले विपन्न तथा मजदूर परिवारका लागि खाद्य पदार्थ वितरण नगरी काम दिने र काम गरेबापत राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।

यसका लागि मजदूर तथा विपन्न परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्नेछन्। सडक मर्मत, गोरेटो बाटो, खानेपानी तथा सिँचाइलगायत क्षेत्रमा रोजगारी प्रदान गरिने गाउँपालिकाले जनाएको छ। काम गरेबापत राष्ट्रिय मापदण्डानुसार पारिश्रमिक प्रदान गरिनेछ। पहिलो चरणमा ७७९ जनालाई राहत वितरण गरेको गाउँपालिकाले दोस्रो चरणमा काम दिने निर्णय गरेको हो। 

कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनलाई ध्यानमा राखी सामाजिक दूरी कायम गरेर बढीमा पाँच जनासम्मको समूह बनाएर नजीकैको स्थानमा काममा लगाइने गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताए।

प्रकाशित मिति: १५:०२ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्