महायज्ञको नाममा दलितको घर भत्काउने पाकिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ
प्रहरीले पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ शुक्रबार पक्राउ गरेको हो।
सिरहा, चैत ८ : सिरहाको औरही गाउँपालिकामा महायज्ञका नाममा दलित परिवारको घरमा डोजर चलाइएको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
प्रहरीले पालिका अध्यक्ष अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ शुक्रबार पक्राउ गरेको हो।
शुक्रबार बेलुका पक्राउ गरेर प्रहरीले उनीहरुसँग सोधपुछ गरिरहेको छ। प्रहरीले शनिबार पीडित पक्षसँग जाहेरी लिने तयारी गरेको छ।
महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दीपक मलिक डोमको घर भत्काइएको थियो। आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दीपकको घर भत्काउन आदेश दिएका थिए।
दीपकको घरमा डोजर चल्दा अध्यक्ष यादव छेउमै थिए। घरभित्र भएका आधा सामान पनि उनीहरूले निकाल्न पाएनन्। तमासा हेर्ने गाउँलेहरू अगाडि निरीह हुँदै सकेजतिको सामान जम्मा गरेका थिए।।
घरमा डोजर लडाएपछि दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको थियो। डोजर लगाएर भत्काइएको घर ५ वर्षअघि ‘जनता आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाकै समन्वयमा बनाइएको थियो।
आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दलित परिवारलाई उठीबास लगाएर मानवबस्तीभन्दा पर एकान्तमा दीपकका लागि टहरो बनाइदिएका छन्।
र, याे पनि पढ्नुस्
महायज्ञ गर्न दलितको उठिबास, पालिका अध्यक्ष नै संलग्न!