Kathmandu Press

महायज्ञ लगाउन दलितको घर भत्काइएको घटनामा आयोगले थाल्यो अनुगमन

सिरहाको औरही गाउँपालिका–५ मा यही चैत १७ गतेबाट सुरु गर्न लागिएको भनिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर डोजर लगाएर भत्काइएको थियो। 
महायज्ञ लगाउन दलितको घर भत्काइएको घटनामा आयोगले थाल्यो अनुगमन

काठमाडौं, चैत ८ : राष्ट्रिय मानव अधिकार आयोगले सिराहाको औरहीमा महायज्ञ लगाउन दलितको घर भत्काइएको घटनामा अनुगमन थालेको छ। 

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मधेश प्रदेश कार्यालयबाट अनुगमन सुरु गरिएको जानकारी दिएको छ। सिरहाको औरही गाउँपालिका–५ मा यही चैत १७ गतेबाट सुरु गर्न लागिएको भनिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर डोजर लगाएर भत्काइएको थियो। 

घटनामा संलग्नमाथि कारबाहीको माग गर्नुपर्ने माग उठिरहेका बेला आयोगले अनुगमन शुरु गरेको छ। 

Hardik ivf

‘सिराहाको औरहीमा महायज्ञ लगाउन मण्डप तयार गर्दा नजिकै रहेको दलितको घर भत्काइएको घटना हालै सार्वजनिक भएको घटनामा आयोगको मधेश प्रदेश कार्यालयबाट अनुगमन सुरु गरिएको छ,’ आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

आयोगले सप्तरीमा अन्तरजातीय विवाहको विषयलाई लिएर भएको घटनाहरुलाई न्यायिक प्रक्रियामा लैजानुको सट्टा मिलापत्र गराउने क्रममा बालिकाले आत्महत्या गरेको घटनालाई पनि गम्भीर रुपमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, अछाममा विद्यालयभित्र दलित विद्यार्थीहरुमाथि विभेद गरिएको बिषयमा पनि कारबाही प्रक्रिया शुरु गरिएको छ। 

बलात्कार, विभेद जस्ता गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई समुदायस्तरमै मिलापत्र गराउने, प्रहरीद्वारा जाहेरी नलिने र राजनीतिक हस्तक्षेप हुने प्रवृत्तिले पीडितको न्याय प्राप्त गर्ने अधिकार कुण्ठित हुन पुगेको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।
‘समाजमा घट्ने गरेका जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न तथा जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी सन्धिजनित समितिले नेपाललाई दिएका सुझावको कार्यान्वयनमा गम्भीर हुन आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ। 

यसैविच, आयोगले संयुक्त राष्ट्र सङ्घबाट २१ मार्च १९६५ मा सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि जारी भएको सन्दर्भमा २१ मार्चलाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको रुपमा मनाउने गरिएको छ। 

नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमहरु गरी मनाउँदै आएको अवस्था छ। यस अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले सम्पूर्णमा शुभकामना पनि व्यक्त गरेको छ।

र, याे पनि

महायज्ञ गर्न दलितको उठिबास, पालिका अध्यक्ष नै संलग्न!
 

प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, चैत ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्