Kathmandu Press

नेकपा सचिवालय बैठकअघि चिनियाँ राजदूतको दौडधूप, शीर्ष नेतासँग भेटघाट

काठमाडौं, वैशाख १९ः सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अघि नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको छ। पार्टीभित्र देखिएका....

नेकपा सचिवालय बैठकअघि चिनियाँ राजदूतको दौडधूप, शीर्ष नेतासँग भेटघाट
फोटो किशोर श्रेष्ठको फेसबुकबाट

काठमाडौं, वैशाख १९ः सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अघि नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको छ। पार्टीभित्र देखिएका गतिरोधबारे छलफल गर्न नेकपाको सचिवालय बैठक भोलि (शनिबार) बस्दैछ।

त्यसअघि चिनियाँ राजदूत हौ यान्छीले शीर्ष नेताहरुसँग भेटघाट गरेकी छन्। उनले शुक्रबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन्। खुमलटारमा भएको भेटघाटमा उनले कोरोना भाइरस नियन्त्रण लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

लगत्तै उनले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत भेटवार्ता गरेकी छन्। कोटेश्वरमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे छलफल भएको बताइएको छ। यान्छीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन्। 

पछिल्ला केही साता यता नेकपाभित्र शक्तिसंघर्ष चुलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेसम्मको तयारी नेकपामा छ। पार्टीभित्र विवाद चुलिएपछि शनिबार सचिवालय बैठक बोलाइएको छ। त्यसअघि चिनियाँ राजदूतले गरेको दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्