Kathmandu Press

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन १२ बजेबाट अन्त्य हुने

बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हाे।
कोशी प्रदेश सभाको हिउँदे अधिवेशन १२ बजेबाट अन्त्य हुने

मोरङ, चैत ७ : कोशी प्रदेशसभाको चालु छैठौँ अधिवेशन बिहीबार राति १२ बजेबाट अन्त हुने भएको छ।

बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी गराए।

Hardik ivf

उनका अनुसार चालु हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो। उनका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गर्दै समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रुपैयाँ बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको छ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमान सीमा १ अर्ब १० करोड स्वीकृत गर्ने निर्णयसमेत बैठकमा भएको छ।

बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको उनले बताए।

 

प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, चैत ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्