Kathmandu Press

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगनको टिप्पणी- जो चोर उसकै ठूलो स्वर?  

काठमाडौं, वैशाख १९ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोही नतर्सने बताएका छन्।

प्रधानमन्त....

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगनको टिप्पणी- जो चोर उसकै ठूलो स्वर?  

काठमाडौं, वैशाख १९ : नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट कोही नतर्सने बताएका छन्।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति थापाले आपत्ति जनाउँदै धम्कीबाट कोही पनि नतर्सने बताएका हुन्। थापाले महामारीको मौका छोपेर आफ्नो स्वास्थ्यका लागि अस्थिरताको खेल खेल्ने अनि खबरदारी गर्नेहरुलाई धम्की दिएको भन्दै प्रश्न गरेका छन्–जो चोर उसैको ठूलो स्वर ?

‘वाह पिएम नेपाल ज्यू ! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने,अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं ! गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं ! अनि धम्की ति खवरदारी गर्नेहरूलाई? जो चोर उसैको ठूलो स्वर। कोही तर्सनेवाला छैन यो धम्कीबाट,’ उनले ट्वीट गर्दै भनेका छन्।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले  सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको ओलीले आरोप लगाएका थिए।

ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन भन्दै धम्कीपूर्ण भाषासमेत प्रयोग गरेका थिए।

प्रकाशित मिति: १२:०८ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्