Kathmandu Press

नेपथ्यले ल्यायो ‘मार्‍यो पिरतीले’

काठमाडौं, वैशाख १९ : चर्चित ब्यान्ड नेपथ्यले ‘मार्‍याे पिरतीले’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको छ।

नेपथ्यका प्रमुख ग....

नेपथ्यले ल्यायो ‘मार्‍यो पिरतीले’
नेपथ्य

काठमाडौं, वैशाख १९ : चर्चित ब्यान्ड नेपथ्यले ‘मार्‍याे पिरतीले’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको छ।

नेपथ्यका प्रमुख गायक अमृत गुरुङ भिडियोसहितको गीत सार्वजनिक गरिएको जनाएका छन्। ताप्लेजुङको गुफापोखरीमा भेटिएको दुई तन्नेरीहरुले गुनगुनाएको भाका पछ्याउन पुग्दा गीत बनेको उनले खुलाएका छन्।

‘भेँडाको ऊनजस्तो’ एल्बममा समावेश भएको यस गीतको भिडियो भने अस्ट्रेलियाको समुन्द्रि तटमा छायाँकन गरिएको दृश्य देख्न सकिन्छ ।

१७ वर्ष अघि रेकर्ड भएको गीतलाई युट्युब च्यानलमा प्रस्तुत गरेका हुन्। यस अघि ‘छोटो गीत’ ल्याएका थिए।

 

प्रकाशित मिति: १२:०२ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्