कपिलवस्तुमा वडाअध्यक्षमाथि चार राउण्ड गोली प्रहार
कपिलवस्तु, वैशाख १९ : कपिलवस्तुको यशोधरा गाउँपालिका-८ का वडा अध्यक्षमाथि गोली प्रहार भएको छ।
शुक्रबार राति एक बजेतिर वडाअध्यक्ष सह....

कपिलवस्तु, वैशाख १९ : कपिलवस्तुको यशोधरा गाउँपालिका-८ का वडा अध्यक्षमाथि गोली प्रहार भएको छ।
शुक्रबार राति एक बजेतिर वडाअध्यक्ष सहाबुद्दिन मुसलमानमाथि गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ।
घरमा सुतेका मुसलमानमाथि दुई जना अज्ञात व्यक्तिले चार राउण्ड गोली प्रहार गरेपनि उनलाई नलागेको जिल्ला प्रहरी कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











