Kathmandu Press

रोल्पाको बम विस्फोट घटनाका दोषीमाथि कारबाही हुन्छ : उर्जामन्त्री

काठमाडौं, वैशाख १९ : उर्जामन्त्री वर्षमान पुनले रोल्पामा भएको बम विस्फोट घटनाका दोषीलाई कारबाही हुने बताएका छन्।

बुधबार साँझ रोल्पाको त्रिवे....

रोल्पाको बम विस्फोट घटनाका दोषीमाथि कारबाही हुन्छ : उर्जामन्त्री
फाइल फाेटाे

काठमाडौं, वैशाख १९ : उर्जामन्त्री वर्षमान पुनले रोल्पामा भएको बम विस्फोट घटनाका दोषीलाई कारबाही हुने बताएका छन्।

बुधबार साँझ रोल्पाको त्रिवेणी गाउँपालिका–४ गौरीगाउँ, मैतिगातिनामा वेवारिसे बम विस्फोट भएको थियो। विस्फोटमा त्रिवेणी–७ का १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीया बिमला खत्री, ५ वर्षीय विजय खत्री र त्रिवेणी–४ का १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको थियो।

मन्त्री पुले बिहीबार प्रेस विज्ञप्ति जारी गरि यस घटनामा दुःख जनाएका छन। उनले भनेका छन्, 'यो दुःखद घटनाबाट आफ्ना परिवारका प्रिय सदस्य गुमाउनुपर्दा मर्माहत हुनुभएका शोकाकुल परिवारजनमा हार्दिक सवमेदना प्रकट गर्दछु।'

उनले घटनाको छानविन भइरहेको र दोषीमाथि कारबाही हुने जनाएका छन्। 'घटनास्थलमा सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले गम्भीर छानबिन गरिरहनुभएको जानकारी प्राप्त भएको छ,' मन्त्री पुलने भनेका छन्, 'यस घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी गराउँदछु।'

स्थानीय प्रशासनका अनुसार, द्वन्दकालमै त्यो ठाउँमा भिडिन्त भएको थियो। त्यतिवेलै छुटेको बम विस्फोट हुँदा बालबालिकाको ज्यान गएको हो।

प्रकाशित मिति: ११:३९ बजे, शुक्रबार, वैशाख १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्